आशय पत्र पेश गर्ने बारेको सूचना (प्रथम पटक प्रकाशित मितिः २०७६/०६/१७)

प्रकाशित मिति:

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसनधान तथा प्रशिक्षण केन्द्र
बबरमहल, काठमाडौँ

आशय पत्र पेश गर्ने बारेको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७६/०६/१७)

यस केन्द्रको आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकारबाट खर्च व्यहोर्ने गरी तपसिल बमोजिमको कार्यहरू परामर्श सेवाबाट खरिद गर्नु पर्ने भएकोले योग्य इच्छुक फर्म, संस्था तथा कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट https://bolpatra.gov.np/egp/searchOpportunity मार्फत आफ्नो संस्था दर्ताको प्रमाणपत्र (नविकरण सहित), अनुभवको प्रमाणपत्र, चालु आ.व. सम्मको कर चुक्ता प्रमाणपत्र, मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र(नविकरण सहित) र कालो सूचिमा नपरेको स्वघोषणापत्र संलग्न गरी आशयपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ । आशयपत्र पेश गर्दा आशयपत्रदाता, फर्म, संस्था वा कम्पनी भए सार्जनिक खरिद ऐन, २०६३/ सार्वजनिक खरिद नियमावली,२०६४/ कार्यविधि र आशयपत्रको सूचना बमोजिम योग्यता सहितको कागजातहरू मिति २०७६/०७/०१ दिनको २:०० बजे भित्र उल्लेखित वेभसाइट मार्फत पेश गर्नुहुन आह्वान गरिन्छ ।परेका आशयपत्रहरू संवन्धित फर्मको आधिकारिक व्यक्ति वा प्रतिनिधिको रोहवरमा सोही दिन ३:०० बजे यस केन्द्रको सभाहलमा खोलिने छ ।

तपसिल :

सि.नं.

ठेक्का नं.

कामको विवरण

कार्यक्षेत्र

१.

वन क्षेत्रले अन्य आर्थिक उपक्षेत्रहरुमा पु्र्याएको योगदान आंकलन गर्ने ।

राष्ट्रियस्तर सर्वेक्षण

२.

राष्ट्रिय वन श्रोत खपत सर्बेक्षण ।

राष्ट्रियस्तर सर्वेक्षण


यस सम्बन्धी विस्तृत सूचना यस केन्द्रको website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ ।

सम्पर्क व्यक्तिः

     श्री ठाकुर सुबेदी, बायोमेट्रिसियन
          फोन नं. ०१४२२२६०१, मो.नं. ९८४११८१८३२

     श्री मञ्जु घिमिरे, सहायक अनुसन्धान अधिकृत
          फोन नं. ०१४२२२६०१, मो.नं. ९८४१७८९७०९नेपाल सरकार

डाउनलोड