नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
बबरमहल, काठमाण्डौ
आशय पत्र पेश गर्ने वारेको सूचना
प्रकाशित मितिः २०७७।०७।२१
यस केन्द्रको आ.व. ०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पाँचवटा Shrub Species को Allometric Equation तयार गर्नका लागी बायोमास तथा आयतन सम्वन्धी तथ्याङ्क संकलन गर्ने कार्य परामर्श सेवावाट गर्नुपर्ने भएकोले योग्य ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु तथा सरोकारवाला सवैको जानकारीकोलागि यो सूचना प्रकाशित गरिएको छ । प्रस्तावित कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीले आ–आफ्नो योग्यता समेतको आशय पत्र भ(न्ए मार्फत पेश गर्नुहुन आव्हान गरिन्छ । आशय पत्र पेश गर्दा आशयपत्रदाता फर्म, संस्था वा कम्पनी भए सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० को उपनियम ३(ङ) अनुसारको विवरण र आशयपत्रदाता व्यक्ति भए सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० को उपनियम ३(च) अनुसारको विवरण पेश गर्नु पर्नेछ । यसरी प्राप्त विवरणको आधारमा संक्षिप्त सुची तयार गरी योग्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरुसँग मात्र परामर्श सेवा खरिद सम्वन्धी प्रस्ताव माग गरिने व्यहोरा सुचित गरिन्छ ।
यो सुचना यस केन्द्रको website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ ।
पेश गर्नु पर्ने कागजातहरुः
आशयपत्र पेश गर्ने स्थान https://bolpatra.gov.np/egp/searchOpportunity
आशयपत्र पेश गर्ने अन्तिम मिति २०७७।८।७ गते मध्यान्न १२.०० सम्म । उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलीपल्ट मध्यान्न १२.०० सम्म ।
सम्पर्क व्यक्ति श्री दिपक महतारा, सहायक अनुसन्धान अधिकृत, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,
फोन नं. ०१४२२२६०१, ९८४६७१८७७२,