आशय पत्र पेश गर्ने बारेको सूचना

प्रकाशित मिति: २०२०-१०-२२

 नेपाल सरकार
                             वन तथा वातावरण मन्त्रालय
                           वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
                             बबरमहल, काठमाण्डौ
                      आशय पत्र पेश गर्ने वारेको सुचना
                    प्रकाशित मितिः २०७७।०७।०६
 
यस केन्द्रको आ.व. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकारबाट खर्च व्यहोर्ने गरी नेपालका उच्च हिमाली क्षेत्रमा (उच्च पहाड तथा उच्च हिमाली क्षेत्र) १७० वटा स्थायी नमुना प्लटहरु स्थापना गरी मापन गर्ने कार्य परामर्श सेवावाट  गर्नुपर्ने भएकोले योग्य ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु तथा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्रस्तावित कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीले आ–आफ्नो योग्यता समेतको आशय पत्र e-GP मार्फत पेश गर्नु हुन आव्हान गरिन्छ । आशयको पत्र पेश गर्दा आशयपत्रदाता फर्म, संस्था वा कम्पनी भए सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० को उपनियम ३(ङ) अनुसारको विवरण र आशयपत्रदाता व्यक्ति भए सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० को उपनियम ३(च) अनुसारको विवरण पेश गर्नु पर्नेछ । यसरी प्राप्त विवरणको आधारमा संक्षिप्त सूची तयार गरी योग्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरुसँग मात्र परामर्श सेवा खरिद सम्वन्धी प्रस्ताव माग गरिने व्यहोरा सुचित गरिन्छ ।
 
यो सूचना यस केन्द्रको  website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ ।
 
पेश गर्नु पर्ने कागजातहरुः
1. संस्था दर्ताको प्रमाण पत्र, नविकरण सहितको ।
2. अनुभवको प्रमाण पत्र ।
3. नियमानुसारको कर चुक्ता प्रमाणपत्र ।
4. भ्याट दर्ता प्रमाण पत्र, नविकरण सहितको ।
5. कालो सूचीमा नपरेको बारे स्वघोषणा पत्र ।
6. सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिमको सम्पुर्ण प्रक्रृया पुरा भएको हुनुपर्नेछ ।
 
आशयपत्र पेश गर्ने स्थानः https://bolpatra.gov.np/egp/searchOpportunity
 
आशयपत्र पेश गर्ने अन्तिम मितिः मिति २०७७/०७/२६ गते मध्यान्न १२ः०० सम्म । 
उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलीपल्ट  मध्यान्न १२ः०० सम्म ।
सम्पर्क व्यक्तिः श्री आनन्द खडका, स. सर्वेक्षण अधिकृत, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, फोन नं. ०१४२२२६०१,  ९८६१५६७१००