नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

बबरमहल, काठमाण्डौँ, नेपाल

आशय पत्र पेश गर्ने बारेको सूचना

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
बबरमहल, काठमाण्डौ
आशय पत्र पेश गर्ने वारेको सूचना
प्रकाशित मितिः २०७७।०८।२९
 
यस केन्द्रको आ.व. ०७७/०७८ को प्रस्तावित वार्षिक कार्यक्रम अनुसार नेपाल सरकारबाट खर्च व्यहोर्ने  Bamboo Resource assessment in Nepal  गर्ने कार्य परामर्श सेवा वाट गर्नु पर्ने भएकोले योग्य ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु तथा सरोकारवाला सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । प्रस्तावित कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीले आ–आफ्नो योग्यतासमेतको आशय पत्र  e-GP  मार्फत पेश गर्नुहुन आव्हान गरिन्छ । आशय पत्र पेश गर्दा आशयपत्रदाता फर्म, संस्था वा कम्पनी भए सार्वजनिक खरिद नियमावलीको नियम ७० को उपनियम ३(ङ) अनुसारको विवरण र आशयपत्रदाता व्यक्ति भए सार्वजनिक खरिद नियमावलीको नियम ७० को उपनियम ३(च) अनुसारको विवरण पेश गर्नु पर्नेछ । यसरी प्राप्त विवरणको आधारमा संक्षिप्त सूचि तयार गरी योग्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरुसँग मात्र परामर्श सेवा खरिद सम्वन्धी प्रस्ताव माग गरिने व्यहोरा सूचित गरिन्छ ।
यो सूचना यस केन्द्रको www.frtc.gov.np मा समेत हेर्न सकिने छ ।
 
पेश गर्नु पर्ने कागजात हरुः
  1. संस्था दर्ताको प्रमाण पत्र,नविकरण सहितको।
  2. अनुभवको प्रमाण पत्र ।
  3. कर चुक्ता प्रमाणपत्र चालु आ.व ०७६।०७७ ( वा म्यादथप गरीएको पत्र )
  4. भ्याट दर्ता प्रमाण पत्र, नविकरण सहितको ।
  5. कालो सुचीमा नपरेको बारे स्वघोषणा पत्र ।
  6. सार्वजनिक खरिद नियमावलीको हालै भएको संसोधित प्रक्रृया पुरा भएको हुनुपर्नेछ ।
आशयपत्र पेश गर्ने स्थानः https://bolpatra.gov.np/egp/searchOpportunity
आशयपत्र पेश गर्ने अन्तिम मितिः २०७७ ।०९। १४ गते मध्यान्न १३ः०० सम्म । उक्त दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट मध्यान १३ः०० सम्म । 
सम्पर्क व्यक्तिः श्री प्रकाश लामिछाने, वन सर्वेक्षण तथा कार्वन मापन शाखा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, फोन नं। ०१(४२२२६०१, ९८४५२२८८९६