आ.व. २०७९/०८० को लागि यस केन्द्रवाट संचालन गरीने वनश्रोत सर्वेक्षण, वाँसको श्रोत सर्वेक्षण, वायोमेट्रि (एलोमेट्रि इक्यूएसन तयारी), वन सम्वर्धन, प्राकृतिक वन व्यवस्थापन अध्ययन, वन सदुपयोग, तालीममा प्रशिक्षण प्रदान गर्ने तथा मिचाहा प्रजाति सम्वन्धि लगायतका विभिन्न अध्ययन अनुसन्धान,प्रयोगशालाको स्तरोउन्नती, पुस्तकालयको स्तरोउन्नती जस्ता विषयमा राय परामर्श प्रदान गर्ने लगायतका कार्यहरूको लागि विशेषज्ञ सेवा आवश्यक पर्नुका साथै केन्द्रमा नियमित रूपमा गर्नु पर्ने सेवा तथा वस्तुहरू ( धारा,वत्ति विजुली, इन्टरनेट,कम्प्यूटर मर्मत तथा आपुर्ति, सावारी साधन दुई पाँग्रे तथा चारपाँग्रे सावारी साधन मर्मत, सर सफाई ,भवन मर्मत संभार, मेशिनरी औजार मर्मत संभार, फर्निचर, विज्ञापन तथा फिक्चर्श मर्मत आपुर्ति ) खरिद तथा मर्मत संभारका लागि यस केन्द्रलाई आवश्यक परेको वखत सेवा लिने प्रयोजनको लागि संवन्धित विषयका विशेषज्ञहरू तथा केन्द्रवाट (सेवा तथा वस्तु) खरीद हुने परामर्श लागायतका विभिन्न सेवा प्रदान गर्न इच्छुक कंपनि, फर्म तथा व्यक्ति वाट सार्वजनिक खरिद नियमावलीको नियम १८ को उपनियम (१) संग संम्वन्धित अनूसुचि (२ क) अनुसारको निवेदनको ढाँचा तथा दक्षहरूको (ROSTER) सूचिमा नाम सूचिकृत गर्न तोकिएको ढाँचामा निवेदन दिन यो सूचना जारी गरीएको छ । साथै सूचि दर्ता भए पश्चात सार्वजनिक खरीद नियमावलीको नियम १८ को उपनियम (२) संग संम्वन्धित अनूसुचि (२ख) अनुसारको मौजुदा सूचीमा दर्ता भएको निश्सा प्रमाण समेत लिनुहुन अनुरोघ छ । निवेदनको ढांचा हेर्न तलको हरियो लिंक मा थिच्नु होला
संर्पक व्यक्ति
किरण कुमार पोखरेल (स वै अ)
कपिल प्रसाद सुवेदी (नायव सुव्वा)
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
राज कुमार गिरी
संयोजक
सार्वजनिक खरिद ईकाई
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र