आशय पत्र पेश गर्ने बारेको सूचना (प्रथम पटक प्रकाशित मितिः २०७६/०६/१४)

Published On:

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन अनुसनधान तथा प्रशिक्षण केन्द्र
बबरमहल, काठमाडौँ

आशय पत्र पेश गर्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६/०६/१४)

 

यस केन्द्रको आ.व. २०७६/०७७ को प्रस्तावित वार्षिक कार्यक्रम अनुसार नेपाल सरकारबाट खर्च व्यहोर्ने गरी तपसिल बमोजिमको कार्यहरू परामर्श सेवाबाट खरिद गर्नु पर्ने भएकोले योग्य इच्छुक व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट https://bolpatra.gov.np/egp/searchOpportunity मार्फत आफ्नो संस्था दर्ताको प्रमाणपत्र (नविकरण सहित), अनुभवको प्रमाणपत्र, चालु आ.व. सम्मको कर चुक्ता प्रमाणपत्र, मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र(नविकरण सहित) र कालो सूचिमा नपरेको स्वघोषणापत्र संलग्न गरी आशयपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ । आशयपत्र पेश गर्दा आशयपत्रदाता, फर्म, संस्था वा कम्पनी भए सार्जनिक खरिद ऐन, २०६३/ सार्वजनिक खरिद नियमावली,२०६४/ कार्यविधि र आशयपत्रको सूचना बमोजिम योग्यता सहितको कागजातहरू मिति २०७६/०६/२९ दिनको १२ बजे भित्र उल्लेखित वेभसाइट मार्फत पेश गर्नुहुन आह्वान गरिन्छ ।

तपसिल :

सि.नं.

ठेक्का नं.

कामको विवरण

नमूना प्लटहरूको संख्या

जम्मा प्लट संख्या

पुनर्मापन

थप

१.

मध्य पहाडी क्षेत्रमा अवस्थित स्थाई नमुना प्लटहरूको पुनर्मापन तथा थप प्लटहरूको स्थापना एवं मापन कार्य

१६५

३३६

५०१

२.

उच्च पहाडी क्षेत्रमा अवस्थित स्थाई नमुना प्लटहरूको पुनर्मापन कार्य

३०२

0

३०२

३.

उच्च हिमाली क्षेत्रमा अवस्थित स्थाई नमुना प्लटहरूको पुनर्मापन कार्य

३८

0

३८

यस सम्बन्धी विस्तृत सूचना यस केन्द्रको website: www.frtc.gov.np मा समेत हेर्न सकिने छ ।

सम्पर्क व्यक्तिः श्री विमल कुमार चार्य, सर्वेक्षण अधिकृत, फोन नं. ०१४२२२६०१, मो.नं. 9841482278

            श्री राजकुमार गिरी, सहायक सर्वेक्षण अधिकृत, फोन नं. ०१४२२२६०१, मो.नं. 9841341300

 

Download

Site Visited : web counter